Lite Nepal

शुक्रबार, कार्तिक १३, २०८३
एआई निर्मित सांकेतिक तस्बिर

विराटनगर । विराटनगरमा ८० वर्षीया वृद्धामाथि धारिलो हतियार प्रहार गरी सुनका गहना लुटपाट भएको छ । विराटनगर महानगरपालिका–४ स्थित लक्ष्मीनारायण मन्दिरमा शुक्रबार बिहान करिब १०ः३० बजे सावित्री रिमालमाथि आक्रमण गरी गहना लुटिएको हो । उनी मन्दिरका पुजारी हरिप्रसाद रिमालकी पत्नी हुन् ।

प्रहरीका अनुसार एक्लै रहेको अवस्थामा ज्यालादारी मजदुरका रूपमा सोही क्षेत्रमा काम गर्दै आएका एक व्यक्तिले उनीमाथि धारिलो हतियार प्रहार गरी कानमा लगाएको सुनका गहना लुटेर फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले पीडितले देखिरहेको व्यक्ति भए पनि उनको नाम र ठेगाना खुल्न नसकेको बताए ।आक्रमणबाट सावित्रीको कानको लोती चुँडिएको छ । घाइते उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

घटनामा संलग्न व्यक्तिको खोजीका लागि प्रहरी नायव उपरीक्षक लोकेन्द्रसिंह गुरुङको कमान्डमा प्रहरी चौकी बरगाछी र सीआरभी बरगाछीको टोली परिचालन गरिएको छ । घटनामा संलग्न व्यक्ति हालसम्म पक्राउ नपरेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं