Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारका नाममा रहेको चल तथा अचल सम्पत्तिको खोजी सुरु गरेको छ। यसका लागि संघीय सरकारले देशभरका सबै स्थानीय तहलाई पत्राचार गरेको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकालाई पत्र लेख्दै सम्पत्ति खोजबिनमा आवश्यक सहजीकरण गरिदिन अनुरोध गरेको हो।

पत्रमा नेपाल ट्रष्ट ऐन, नेपाल ट्रष्ट नियमावली, २०६४ तथा सम्पत्ति खोजबिन कार्यविधि, २०६७ बमोजिम पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य र उनीहरूको परिवारको नाममा रहेको वा उनीहरूको हक, स्वामित्व तथा भोगाधिकार कायम हुन सक्ने नेपालभित्रका चल तथा अचल सम्पत्तिको खोजबिन र अभिलेखीकरण गर्नुपर्ने उल्लेख छ।

नेपाल ट्रष्टको कार्यालय, कमलादीले गत कात्तिक ९ गते यस विषयमा छलफल गरी सम्पत्ति खोजबिनका लागि सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्र पठाएको थियो।

सोही पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थीले सबै स्थानीय तहलाई पत्राचार गरेका हुन्। पत्रमार्फत पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारको नाममा रहेका जग्गाका जग्गाधनी प्रमाणपुर्जा, जग्गाधनी दर्ता श्रेस्ता, फिल्डबुकलगायत सम्बन्धित विवरण तथा कागजात संकलन गरी नेपाल ट्रष्टको कार्यालयमा पठाउन अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं