काठमाडौं । मौसममा सुधार हुँदै घाम लाग्न थालेपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानबाट कभर हटाउन थालिएको छ ।
वर्षाका कारण मैदानलाई ढाकेर राखिएको कभर हटाउँदै मैदान सुकाउने प्रयास भइरहेको छ ।

जारी एनपीएलमा आजै साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच दोस्रो खेल हुने तालिका छ ।

यसअघि आज बिहानको खेल वर्षाको कारण रद्द भएपछि लुम्बिनी लायन्स र चितवन राइनोजले १/१ अंक बाँडेका थिए ।