Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

सिरहा । सिरहामा नेपाली रुपैयाँका नक्कली नोटजस्ता देखिने रकमसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिरहा नगरपालिका-७ स्थित महावीर चोक नजिकबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाले शनिबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार शुक्रबार राति करिब ९ बजे शिव चोक जाने हुलाकी सडक खण्डमा नक्कली नोटजस्ता देखिने रकमसहित दुई जना पैदल हिँडिरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले शंकास्पद व्यक्तिहरूको खोजी गर्ने क्रममा सिरहाको कल्याणपुर नगरपालिका-८ का ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनीहरूको साथबाट पाँच सय रुपैयाँ दरका तीन थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २७ थान नोट बरामद भएको छ। बरामद नोटको अंकित मूल्य २५ हजार पाँच सय रुपैयाँ रहेको छ।

बरामद रकम नक्कली नोटजस्तो देखिएको प्रहरीको भनाइ छ। नोटको आधिकारिक परीक्षणबाट वास्तविकता पुष्टि हुन बाँकी छ।

पक्राउ परेका दुवै जनालाई बरामद रकमसहित जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं