Lite Nepal

सोमबार, कार्तिक १६, २०८३

झापा । झापाको झापा गाउँपालिका–२, कुवाडीबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको दुई बोरा पटका प्रहरीले बरामद गरेको छ। आज बिहान इलाका प्रहरी कार्यालय कुमरखोदबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा तथा सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट सशस्त्र प्रहरी हवल्दारको कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले उक्त पटका बरामद गरेको हो।

गस्ती टोलीलाई देख्नासाथ पटका बोकेर ल्याउँदै गरेका व्यक्तिहरू बोरा छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले उक्त बोराहरू खोली जाँच गर्दा दुई बोराभित्र विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ।

बरामद गरिएका पटका अन्दाजी एक लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। बरामद पटका आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं