Lite Nepal

सोमबार, कार्तिक १६, २०८३

विराटनगर । मोरङको विराटनगरमा दुई घरबाट चारवटा बाख्रा चोरी गरी आफ्नै घरमा लुकाएर राखेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–३ निवासी ३६ वर्षीय प्रकाश राजवंशी र २४ वर्षीय श्याम राजवंशी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले फरक–फरक मितिमा विराटनगरका दुई घरबाट दुईवटा खशी, एउटा माउ बाख्रा र एउटा पाठा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूले गत कात्तिक ११ गते राति विराटनगर–४ स्थित एक घरबाट एउटा खशी र एउटा बाख्रा चोरी गरेका थिए। त्यसको तीन दिनपछि कात्तिक १४ गते राति विराटनगर–३ स्थित अर्को घरबाट एउटा खशी र एउटा बाख्राको पाठा चोरी गरेको आरोप छ।

चोरी गरिएका बाख्रा आफ्नै घरमा लुकाएर राखिएको सूचना पाएपछि प्रहरीले कात्तिक १४ गते बिहान उनीहरूको घरमा खानतलासी गरेको थियो। सो क्रममा चोरी भएका भनिएका दुईवटा खशी, एउटा माउ बाख्रा र एउटा पाठा फेला परेको डीएसपी मिश्रले जानकारी दिए। बरामद गरिएका चारवटै बाख्रासहित प्रहरीले दुवै जनालाई पक्राउ गरेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं