काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाएको छ। मन्त्रिपरिषद्ले उनलाई प्रधानमन्त्री कार्यालय मातहत सल्लाहकारका रूपमा राख्ने निर्णय गरेको हो। पछिल्ला विवादास्पद घटनाक्रममा उनको भूमिका देखिएको भन्दै सरकारले यस्तो निर्णय गरेको बताइएको छ। कानुनी जटिलता आउन सक्ने भएकाले सिधै बर्खास्त नगरी जिम्मेवारीबाट हटाइएको हो।
