विराटनगर । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले पूर्वआईजीपी दानबहादुर कार्कीको जिम्मेवारी हेरफेर मात्रै गरिएको बताएका छन्। मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्री बालेन शाहको प्रमुख सुरक्षा सल्लाहकार नियुक्त गर्दै मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेको हो।
कार्कीमाथि कारबाही नभई जिम्मेवारी परिवर्तन मात्रै गरिएको पोखरेलले स्पष्ट पारे।

