Lite Nepal

शुक्रबार, कार्तिक २०, २०८३

विराटनगर । सुनसरीको इनरुवा नगरपालिका–३ स्थित महेन्द्र चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। १९ गते राति जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले को ३१ प ८९८६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–५ निवासी २६ वर्षीय नवीन कार्कीलाई शंकाका आधारमा खानतलासी गरेको थियो।

सो क्रममा उनको साथबाट ०.४८ ग्राम  ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले उक्त पदार्थ र मोटरसाइकलसहित कार्कीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं