काठमाडौं । सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संसद्को अधिवेशन आह्वान, सञ्चालन र समसामयिक राजनीतिक विषयमा छलफल गरेका छन्। शुक्रबार शीतलनिवासमा भएको भेटमा सभामुख अर्यालले आईपीयू सम्मेलन तथा नेपालले जलवायुजन्य विपद्सम्बन्धी प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित गराएको विषयमा जानकारी गराएका थिए।
राष्ट्रपति पौडेलले सदनमा हुने बहस र छलफलले लोकतन्त्रलाई थप बलियो बनाउने बताए।

