विराटनगर । सुनसरी–मोरङ सिँचाइ आयोजनाका ज्यालादारी कर्मचारीहरू विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका छन्। ज्यालादारी कर्मचारी परिवारले रोजगारीको ग्यारेन्टी र करार कर्मचारीसरह सेवा सुविधा उपलब्ध गराउन माग गर्दै शुक्रवार विरोध कार्यक्रम सुरु गरेका हुन्।
कात्तिक २६ गतेदेखि नहरमा पानी सञ्चालनलगायतका सम्पूर्ण काम बन्द गर्ने उनीहरूको कार्यक्रम छ। आन्दोलनरत कर्मचारीले रोजगारीको ग्यारेन्टी गर्नुपर्ने, करार कर्मचारीसरह सेवा सुविधा उपलब्ध गराउनुपर्ने तथा ५८ वर्ष उमेर पुगेका ज्यालादारी कर्मचारीलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेका छन्।
