Lite Nepal

सोमबार, कार्तिक २३, २०८३

बेइजिङ । चीनको उत्तरी प्रान्त शान्सीको राजधानी ताइयुआनस्थित हाओशेङ इन्टरनेसनल अपार्टमेन्ट भवनमा आइतबार भएको भीषण आगलागीमा परी १४ जनाको मृत्यु भएको छ भने ३० जनाभन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार साँझ ४ः५९ बजे सुरु भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको थियो। घटनापछि ३८ जनालाई अस्पताल लगिएको थियो। सिन्ह्वाका अनुसार सुरुमा पाँच जनाको मृत्यु भएको पुष्टि भए पनि सोमबार बिहानसम्म मृतकको सङ्ख्या १४ पुगेको हो।

आगो भवनको पाँचौँ तलाबाट सुरु भएको अनुमान गरिएको छ। आगलागीका क्रममा केही पाहुनाले झ्यालको जाली फुटाएर भवनबाहिरको प्लेटफर्ममा पुग्दै ज्यान जोगाएका थिए। आगलागीको कारण खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं