Lite Nepal

सोमबार, कार्तिक २३, २०८३

मोरङ । मोरङको बेलबारीबाट लागूऔषध ब्राउन सुगर र डिजिटल तराजुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी नगरपालिका–२ लालभित्तीस्थित कबिर टोलमा लागूऔषध बिक्री वितरण भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको थियो।

सो क्रममा स्थानीय ३० वर्षीय भोजबहादुर राईको घरबाट लुकाइछिपाइ राखिएको ब्राउन  १८ ग्राम २४० मिलिग्राम, एक थान डिजिटल तराजु र नेपाली नगद पाँच हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले बरामद सामग्रीसहित राईलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं