काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२ मा पटका पड्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ । स्थानीय रामगुलाम सहनीका आठ वर्षीय छोरा कुन्दन सहनी आज बिहान ८ बजे आफ्नै घरअगाडि पटका पड्काउने क्रममा घाइते भएका थिए । पटकाको छर्रा उनको छातीमा लागेको थियो ।
घाइते बालकलाई उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिएको थियो । तर, चिकित्सकले बिहान ८ः४५ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

