Lite Nepal

मंगलबार, कार्तिक २४, २०८३

उदयपुर । उदयपुरमा माइक्रोबस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । त्रियुगा नगरपालिका–१३, बहेर्वाचोकस्थित मदन भण्डारी लोकमार्गमा माइक्रोबस दुर्घटना हो ।

मंगलबार (कात्तिक २४) दिउँसो करिब १२ः४० बजे प्र.१–०२–००१ ज ४६२१ नम्बरको माइक्रो अनियन्त्रित भई सडकबाट अन्दाजी १५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरपालिका–३२ का ४२ वर्षीय कृष्ण केसीले चलाएको उक्त गाडीमा चालकसहित ११ जना सवार थिए । उनीहरूमध्ये १० जना घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक केसीसहित उदयपुर, झापा, मोरङ र सुनसरीका यात्रु छन् । घाइते सबैलाई उपचारका निम्ति जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं