Lite Nepal

बिहिबार, आश्विन १५, २०७७

बिर्तामोड । मोटरसाइकलको पछाडी बसेर आफ्नै साथीको घाँटी रेट्ने झापाका मनकुमार लिम्बु कारागार चलान भएका छन् ।

शिवसताक्षी –८ का लिम्बुले आफ्नै साथीलाई धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए ।

आर्थिक कारोवारका कारण हत्या गरेका लिम्बू कर्तब्य ज्यान मुद्दामा जिल्ला अदालत झापाले विहीबार जिल्ला कारागार भद्रपुर चलान गरेको जिल्ला प्रहरीका झापाले जनाएको छ ।

गत भदौ १७ गते शिवसताक्षीस्थित सताक्षीधाम जाने सडकखण्डको किनारमा शिवसताक्षी –११ बस्ने २९ वर्षीय गोमनसिंह मगरको हत्या गरेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं