काठमाडौं । जनकपुर बोल्ट्सविरुद्ध २७ रनको जित निकाल्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा दोस्रो स्थानमा उक्लिएको छ ।
यो जितसँगै सुदूरपश्चिमले आठ अंक जोड्यो । टोलीले ६ खेल खेल्दा चार जित र दुई हार व्यहोरेको छ ।

तर, समान आठ अंक बनाएको काठमाण्डूले सुदूरपश्चिमलाई रनरेटको आधारमा पछाडि पारेको छ । जितसँगै टोलीको प्लेअफ सम्भाना पनि बलियो बनेको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले प्रस्तुत गरेको १२१ रनको लक्ष्य पछ्याएको जनकपुरले १९.५ ओभरमा सबै विकेट गुमाएर ९३ रन मात्र जोड्न सक्यो ।