Lite Nepal

आइतबार, कार्तिक २९, २०८३

काठमाडौँ । अमेरिकी गुप्तचर निकायहरूले इरानसँग अझै १ हजार ५०० देखि २ हजार ५०० वटासम्म मिसाइल रहेको आकलन गरेका छन्। अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी अधिकारीहरूले इरानसँग पूर्ण युद्ध पुनः सुरु भएमा अमेरिका र उसका सहयोगीका सैन्य अखडा तथा अन्य रणनीतिक केन्द्रमा आक्रमण गर्न सक्ने पर्याप्त मिसाइल क्षमता रहेको बताएका छन्।

तर इरानसँग रहेका मिसाइलको वास्तविक संख्या यकिन गर्न कठिन रहेको अधिकारीहरूको भनाइ छ। मिसाइलहरूको निगरानी गर्न र तिनको वास्तविक अवस्था पत्ता लगाउन चुनौती रहेकाले यकिन तथ्यांक संकलन गर्न नसकिएको उनीहरूले बताएका छन्।

इरानसँग रहेका मिसाइलमध्ये कति आक्रमणका लागि तयारी अवस्थामा छन् र कति भण्डारणमा छन् भन्ने विषयमा समेत अमेरिकी अधिकारीहरूको अनुमानप्रति विश्वासको स्तर न्यून रहेको रिपोर्टमा उल्लेख छ। यद्यपि, इरानसँग अझै ठूलो संख्यामा मिसाइल भण्डार रहेको उनीहरूको आकलन छ।

यसैबीच, इरानी संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिका र इरानबीचको अनिश्चित अवस्था लामो समयसम्म कायम रहन नसक्ने बताएका छन्। ‘हामी न युद्ध न शान्ति’को अनिश्चित अवस्थामा लामो समयसम्म रहिरहने छैनौँ,’ उनले भनेका छन्। गालिबाफले अमेरिकाले इरानका सातवटा उचित सर्त स्वीकार गरेमा सम्झौताको बाटो खुला रहने पनि बताएका छन्।

‘यदि अमेरिकाले हाम्रा सातवटा उचित सर्त स्वीकार गर्छ भने सम्झौताको बाटो खुला रहनेछ। तर अमेरिकाले फेरि अर्को गल्ती गरेमा युद्धभूमिको भूगोल इरानी सशस्त्र बलले निर्धारण गर्नेछन्,’ उनले चेतावनी दिएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं