काठमाडौं । नेकपा (एमाले) ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
एमाले प्रचार एवं प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आगामी मंसिर ५ गते बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते हुँदैछ ।

राष्ट्रिय भेला लगत्तै केन्द्रीय कमिटी बैठक बोलाइएको हो ।