Lite Nepal

सोमबार, कार्तिक ३०, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको ग्वाङडोङका ४२ वर्षीय झाङ गुओकिङ छन् ।

उनी हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार (कात्तिक २९) बिहान करिब १०ः३० बजे काठमाडौं अवतरण गरेका थिए । शंकास्पद गतिविधिका आधारमा उनीमाथि चेकजाँच गरिएको थियो ।

त्यसक्रममा उनले लगाएको अन्डरवेयरभित्र प्लास्टिकमा बेरेर राखिएको दुईथान उक्त पदार्थ फेला परेको थियो । करिब ६३५.९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उक्त पदार्थ लुकाइछिपाइ भन्सार छली अवैध रूपमा लैजान लागेको अवस्थामा फेला पारेर बरामद गरी झाङलाई नियन्त्रणमा लिइएको कार्यालयका डीएसपी ढुण्डीराज नेउपानेले जानकारी दिए ।

पक्राउ परेका चिनियाँ नागरिकमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं