Lite Nepal

सोमबार, कार्तिक ३०, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह मंसिर ६ गते भारत भ्रमणमा जाने र भोलिपल्टै फर्कने भएका छन्। उनी दिल्लीमा करिब २५ घण्टा मात्रै रहनेछन्। नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको छ। यसमध्ये १ खर्ब सहुलियतपूर्ण ऋण र १ खर्ब अनुदान प्रस्ताव गरिएको छ।

भ्रमणका क्रममा थप हवाई रुट, रक्सौल–काठमाडौं रेलमार्ग, अयोध्या–जनकपुर रेल सेवा, पेट्रोलियम पाइपलाइन र पञ्चेश्वर परियोजनाबारे छलफल हुने सम्भावना छ। विद्युत् निर्यात, बंगलादेशमा बिजुली पठाउन भारतको सहजीकरण र महाकाली सिँचाइ आयोजनाका लागि पानी उपलब्ध गराउने विषय पनि नेपालको एजेन्डामा छन्।

प्रधानमन्त्रीसँग भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र पर्यटनमन्त्री गनेश पौडेल पनि भारत जानेछन्। भ्रमणको औपचारिक घोषणा र विस्तृत तालिका भने सार्वजनिक हुन बाँकी छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं