Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

काठमाडौं । बिचौलिया इनम सापकोटासँग नाम जोडिएपछि बिदामा बसेका सर्वोच्च अदालतका न्यायाधीशहरु तिहार बिदा सकेर इजलासमा फर्किएका छन् । प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयाल सर्वोच्च अदालतको फुलकोर्ट बैठकपछि इजलासमा बसेका थिएनन् ।

मंगलबार प्रधानन्यायाधीश शर्मा र फुयाल दुबै नवनियुक्त न्यायाधीशसँग इजलासमा बसेका छन् । न्यायाधीश फुयाल दुई साता लामो बिदापछि पुनः जिम्मेवारीमा फर्किएका हुन् ।

उनी कात्तिक १७ गतेदेखि बिदामा थिए । न्यायाधीश फुयालको नाम बिचौलिया भनिएका इनम सापकोटासँग जोडेर मिडियामा समाचार प्रकाशन भएपछि विभिन्न टीकाटिप्पणी गरिएको थियो । उनी बिदा सकाएर मंगलबार सर्वोच्चमा उपस्थित भएका हुन् ।

सर्वोच्चको पेसी सूचीमा मुद्दाको सुनुवाइका निम्ति न्यायाधीशद्वय फुयाल र गोकर्ण डाँगीको संयुक्त इजलास तय भएको छ । उक्त मुद्दामा सुनुवाइ चलिरहेको छ । सापकोटाको ह्वाट्सएप म्यासेज सार्वजनिक भएपछि प्रधानन्यायाधीश डा. शर्मा र न्यायाधीश फुयाल केही दिन इजलासमा सामेल थिएनन् ।

शर्मा अदालत उपस्थित भएर पनि इजलास नलिएर न्यायप्रशासनका अरु काममा संलग्न थिए भने फुयालले तिहार अघिसम्म बिदा लिएका थिए । तीन साताअघि इनम सापकोटाको ह्वाट्सएप म्यासेजबाट प्रधानन्यायाधीश डा. मनोज शर्मा र न्यायाधीश हरि फुयालको नाम जोडिएको विवरण सार्वजनिक भएको थियो ।

विवरण सार्वजनिक भएपछि न्यायाधीश फुयालले आफूले सापकोटालाई होटल हिमालयमा भेटेको स्विकारेका थिए भने प्रधानन्यायधीश शर्माले आफ्नो कुनै बिचौलियासँग उठबस नभएको भन्दै विज्ञप्ती निकालेका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं