Lite Nepal

मंगलबार, मंसिर ०१, २०८३

विराटनगर । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा युवराज विष्ट नियुक्त भएका छन्।

कम्पनी व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी उनलाई नियुक्त गरेको जनाएको छ। यसअघि उनी कम्पनीको प्रमुख व्यवसाय अधिकृत (सीबीओ) तथा एकाउन्टेबल म्यानेजर थिए।

विष्टले सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यतिमा काम सुरु गरेका थिए। कम्पनीभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी कार्यकारी नेतृत्वमा पुगेका हुन्।

प्रमुख व्यवसाय अधिकृतका रूपमा उनको जिम्मेवारी व्यावसायिक रणनीति, व्यवस्थापन र संगठनात्मक विकासमा केन्द्रित थियो।

व्यवस्थापनका अनुसार नयाँ जिम्मेवारीमा विष्टले एयरलाइन्सको समग्र रणनीतिक दिशा, व्यावसायिक सञ्चालन र संस्थागत विकासको नेतृत्व गर्नेछन्। कम्पनीले निवर्तमान सीईओ सुवाष सापकोटालाई बिदाइसमेत गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं