Lite Nepal

बुधबार, मंसिर ०२, २०८३

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विकास डिभिजन, वीरगन्जका दुई प्राविधिक अधिकृतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सेवाग्राहीबाट तीन लाख ४५ हजार रुपैयाँ घुस लिएको आरोपमा छैटौँ तहका प्राविधिक अधिकृत गजेन्द्रप्रसाद जायसवाल र विक्की यादवविरुद्ध मंसिर २ गते आरोप पत्र दायर गरेको हो ।

पर्साको ठोरी गाउँपालिका९३ मा सञ्चालित जलस्रोत पुनर्भरण तथा भण्डारण योजनाको काम सम्पन्न भएपछि भुक्तानी दिन र धरौटी रकम फिर्ता गर्न उनीहरूले घुस मागेको आयोगको आरोप छ । आर्थिक वर्ष २०८२-८३ को उक्त योजनामा सार्वजनिक इनार तथा पोखरी निर्माण र मर्मतसम्भारको काम समेटिएको थियो ।

आयोगका अनुसार दुवै अधिकृतको मिलेमतोमा सेवाग्राहीसँग रकम मागिएको थियो । रकम बुझाउने क्रममा जायसवालले कार्यालय समयमा पैसा लिन नमिल्ने भन्दै त्यहीँ रहेका अर्का व्यक्तिलाई रकम दिन भनेको र सोहीबमोजिम रकम बुझाइएको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।

आयोगले तीन लाख ४५ हजार रुपैयाँ बिगो कायम गर्दै दुवै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम कैद र बिगो बराबर जरिवाना गर्न माग गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं