काठमाडौं । हिजो (मंगलवार) देखि सम्पर्कविहीन भएका पत्रकार शालिकराम न्यौपाने प्रहरी नियन्त्रणमा रहेको पुष्टि भएको छ । उनी जिल्ला प्रहरी परिसर काठमाडौंअन्तर्गत भद्रकालीस्थित हिरासतमा रहेको खुलेको हो ।
पत्रकार न्यौपानेले ‘इन्टरटेनमेन्ट रिल्स’ नामक प्लेटफर्ममा पहिलोपटक गृहमन्त्री सुदन गुरुङकी आमाको भिडियो पोस्ट गरेका थिए । उक्त भिडियो भाइरल भएपछि उनलाई भिडियो हटाउन दबाब आएको उनकी पत्नी अस्मिताले बताएकी छन् ।

श्रीमान् हिजो बिहानदेखि सम्पर्कविहीन भएपछि अस्मिताले आज प्रहरीमा खोजतलासका लागि निवेदन दिएकी थिइन् ।
