विराटनगर । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको निर्वाचनमा मोरङ जिल्लाबाट छनोट गरिएका २६ जना प्रतिनिधिको विषयलाई लिएर विवाद उत्पन्न भएको छ।
प्रतिनिधि छनोट प्रक्रिया महासंघको विधानविपरीत भएको आरोप लगाउँदै केही निर्माण व्यवसायीले मतदान स्थलमै विरोध जनाएका छन्। उनीहरूले विधानसम्मत र पारदर्शी ढङ्गले प्रतिनिधि छनोट गर्नुपर्ने माग गरेका छन्।

आजदेखि सुरु भएको महासंघ कोशी प्रदेशको निर्वाचनअन्तर्गत मतदान प्रक्रिया जारी रहँदा प्रतिनिधि छनोटसम्बन्धी विवादले निर्वाचनस्थलमा असन्तुष्टि देखिएको हो।

मोरङबाट छनोट गरिएका २६ जना प्रतिनिधिको वैधानिकताबारे प्रश्न उठेपछि निर्वाचन प्रक्रिया र प्रतिनिधि छनोटको निष्पक्षतामाथि समेत बहस सुरु भएको छ।