Lite Nepal

शनिबार, मंसिर ०५, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक नभई छुट्टाछुट्टै गर्नुपर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन कार्यक्रममा बोल्दै उनले संविधान र कानुनअनुसार दुवै तहको निर्वाचन फरक–फरक समयमा हुनुपर्ने धारणा राखेका हुन् ।

प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल जेठ ५ गतेसम्म र प्रदेशसभाको कार्यकाल मंसिर ५ गतेसम्म रहेकाले सोही समयसीमाका आधारमा निर्वाचन गर्नुपर्ने बताए । उनले संविधान र कानुनविपरीत निर्वाचन गराउने प्रयासले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने चेतावनीसमेत दिए ।

निर्वाचन आयोगसँगको छलफलमा केही पक्षले स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा प्रदेशसभाको निर्वाचन पहिले गर्ने प्रस्ताव राखेको उल्लेख गर्दै प्रचण्डले आफूहरू संविधान र कानुनले निर्धारण गरेको व्यवस्थाभन्दा बाहिर जान नहुने पक्षमा रहेको बताए ।

उनका अनुसार निर्वाचन आयोगले पनि स्थानीय तह र प्रदेशसभाको निर्वाचन छुट्टाछुट्टै गर्नु संविधान र कानुनसम्मत हुने धारणा राखेको छ । यसैबीच, प्रचण्डले आगामी राजनीतिक प्रतिस्पर्धामा सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगलाई पार्टीले प्राथमिकता दिनुपर्ने बताएका छन् । डिजिटल प्रविधिमा पछाडि पर्ने राजनीतिक शक्ति निर्वाचन र राष्ट्रिय प्रतिस्पर्धामा कमजोर हुन सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं