Lite Nepal

शनिबार, मंसिर ०५, २०८३

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा)  नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुखको कार्यालयले शनिबार विज्ञप्ति जारी गर्दै संविधानको धारा १६८ को उपधारा (३)  बमोजिम यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको जनाएको छ।

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२)  अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मंसिर ४ गते शुक्रबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए।

तर, निर्धारित समयभित्र कुनै पनि दलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस नगरेपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको जसपा नेपालका संसदीय दलका नेता यादवलाई संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री बनेका थिए। उनी प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीसमेत हुन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं