Lite Nepal

शुक्रबार, मंसिर ११, २०८३

काठमाडौं । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा रकम ठगी गरेको आरोपमा बिहीबार पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्यालमाथि अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद दिएको छ ।

शुक्रबार काठमाडौँ जिल्ला अदालतले अर्याललाई अनुसन्धानका लागि ४ दिनको समय दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बिहीबार मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो ।

शुक्रबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि पेस गरिएको थियो । उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालतले ४ दिनको समय दिएको हो । मलेसिया सरकार र नेपाल सरकारबिच भएको सम्झौता विपरीत गैरकानुनी रूपमा संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको विषयमा सीआईबीले अनुसन्धान थालेको छ ।

सीआईबीका अनुसार अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ दशमलव ९२ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० दशमलव ८० गरी कुल १ अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा गैरकानुनी रूपमा मलेसिया पठाइएको विषयमा अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं