Lite Nepal

आइतबार, कार्तिक १६, २०७७

विराटनगर । मोरङको उर्लाबारी—४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ बेवारिसे अवस्था एक महिलाको शव फेला परेको छ।

पूर्व(पश्चिम राजमार्गमा मृत भेटिएकी अन्दाजी वर्ष ३० की ती महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।

घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

गाडीले ठक्कर ‌ दिएर महिलाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ।

महिलाको शव पोस्टमार्टमको लागि स्थानीय मंगलबारे अस्पतालमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं