Lite Nepal

मंगलबार, भाद्र ०९, २०८३

काठमाडौँ । सरकारले मोहम्मद जयन्तीका अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीलाई मात्र सार्वजनिक बिदा दिने भएको छ।

गृह मन्त्रालयले बुधबार जारी गरेको सूचनामा मुस्लिम आयोगबाट प्राप्त जानकारीअनुसार भदौ १० गते मोहम्मद जयन्ती परेको जनाएको छ। सोही अवसरमा नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयले स्पष्ट पारेको छ।

यसअघि नेपाल राजपत्रमा प्रकाशित सूचनामा पनि मोहम्मद जयन्तीका दिन मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था उल्लेख गरिएको थियो।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले जारी गरेको सूचनामार्फत बिदासम्बन्धी जानकारी सम्बन्धित सबैलाई गराइएको छ। मन्त्रालयले मोहम्मद जयन्तीका अवसरमा सम्पूर्ण मुस्लिम धर्मावलम्बीमा शुभकामनासमेत व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं