Lite Nepal

बुधबार, कार्तिक १९, २०७७

झापा । प्रदेश १ को एक जिल्ला झापा, जुन जिल्लामा अपराधका अनौठा, अनोठा घटना भएका छन् ।

बञ्चरो प्रहार, जलाएर हत्या, खुकुरी प्रहार त सामान्य भए । गुप्ताङ्ग काट्ने र बाइकको पछि बसेर अघि बसेका साथीको हत्या गर्ने सम्मको घटना झापामा भएको प्रहरी अनुसान्धानबाट देखिएको छ । त्यसमध्ये विर्तामोडमा यस्तो धेरै घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ ।

महानगरीय अपराध महाशाखा काठमाडौंबाट दश महिनाअघि इलाका प्रहरी कार्यालय अनारमनीमा प्रहरी नायव उपरीक्षकको दरबन्दी सम्हाल्न आएका मुकुन्द रिजाल अनुसन्धानमा अब्बल रहे ।

महानगरीय अपराध महाशाखामा लामो समय काम गरेका उनी झापा सरुवा भएर आए लगत्तै बिर्तामोड र कनकाई नगरपालिकामा जघन्य अपराधका घटना घटे । गत बर्षको माघ महिनामा झापाको बिर्तामोड नगरपालिका–२ चारपाने नजिकै संवेदनशील अंग (गुप्ताङ्ग) काटेर हत्या गर्दै जलाइएको अबस्थामा भारतीय नागरिक सुवान शेखको शव फेला प¥यो ।

नेपालमा रहेर लामो समयदेखि निर्माण क्षेत्रमा श्रमिकको काम गर्दै आएका उनलाई मादक पदार्थ सेवन गरेका आफ्नै साथीले सामान्य विवादमा हत्या गर्दै परालको कुनिउमा जलाएका थिए ।

हत्या गरिएका शेखको संवेदनशील अंग (गुप्ताङ्ग) काटेर एकातिर फालिएको थियो भने शव अर्काेतिर जलेर क्षतविच्छ्यत थियो । शवको पहिचान खुल्ने कुनै आधार नै थिए । तर, प्रहरी नायव उपरीक्षक रिजालको कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा संलग्नलाई तत्काल पक्राउ गर्न सक्षम भयो । शेखको हत्यामा सम्लग्न चारपाने निवासी दुई युवा तत्काल पक्राउ परे ।

पक्राउ पर्नेमा २० वर्षीय करण चौधरी र लक्ष्मण यादव छन् । त्यस्तै गत २८ असोजमा कनकाई नगरपालिका–३ निवासी २२ वर्षीय अभिषेक चौधरीको हत्या भयो । लागू पदार्थ सेवनको विषयमा कनकाई नगरपालिका– ७ का नगरपालिका–७ का २२ वर्षीय टुल्के भनिने रवीन राजवंशीले बञ्चरो प्रहार गर्दै चौधरीको हत्या गरेर बाँस झ्याङ्मा शव फ्यालेका थिए ।

तर, घटना घटेको ८ घण्टा पनि बित्न नपाउँदै प्रहरी नायव उपरीक्षक रिजालकै कमाण्डमा खटिएको प्रहरीको टोलीले घटनामा सम्लग्नलाई पक्राउ गर्दै कारवाही अगाडि बढाएको छ ।
पूर्वको उदाउँदो शहरका रुपमा परिचित बिर्तामोड आफैंमा जनघनत्व बढी भएको शहरका रुपमा हेर्ने गरिन्छ ।

पूर्वी नाका काँकरभिट्टा हुँदै भारतीय बजार जान सहजता र पूर्वी पहाडी जिल्लाको पनि प्रमुख बजार रहेका कारण यहाँको जनघनत्व आफैंमा बढी छ । अव्यवस्थित बसोबास र जनघनत्व बढी भएकै कारण जिल्लाका अन्य ठाउँमा भन्दा बिर्तामोड र आसपासका क्षेत्रमा आपराधिक गतिविधि समेत अधिक हुने गरेको छ ।

जसमध्ये माथिका दुई वटा घटना प्रतिनिधि मात्रै हुन् । लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, हत्या र बलात्कार जस्ता जघन्य अपराधकै कारण इलाका प्रहरी कार्यालय अनारमनीमा आउने प्रहरी प्रमुखलाई शान्ति सुरक्षा कायम राख्न हम्मे–हम्मे पर्ने गरेको थियो ।

तर, प्रहरी उपरीक्षक रिजालले इलाका प्रहरी कार्यालय अनारमनीको जिम्वेवारी सम्हालेपछि त्यस्ता जघन्य अपराधका घटनामा कमी आएका छन् नै घटनामा सम्लग्न समेत तत्काल पक्राउ पर्न थालेका छन् । प्रमाणमुखी अनुसन्धानमा विश्वास राख्ने रिजालले प्रहरी सेवाका दौरानले लिएको तालिम र महानगरीय अपराध महाशाखा काठमाडौ बस्दा आर्जन गरेका ज्ञानका कारण जस्तोसुकै घटनालाई पनि सूक्ष्म अध्ययन गर्दै सही नतिजा निकाल्न निपूर्ण देखिएका छन् ।

प्रहरी नायव उपरीक्षक रिजाल बिर्तामोड आएसँगै लागूऔषधको अबैध कारोवार, होटलमा हुने यौनजन्य गतिविधि, अबैध चोरी तस्करी, मानव अपहरण तथा शरीर बन्धक, बलात्कार जस्ता जघन्य अपराधका घटनालाई प्रायः शून्यमा झरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं