लक्ष्मी कटुवाल

मंगलबार, कार्तिक २५, २०७७

विराटनगर । झापाको दमक नगरपालिका ८ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका ७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेको झापा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवायल सहित दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं