लक्ष्मी कटुवाल

मंगलबार, कार्तिक २५, २०७७

विराटनगर । झापाको दमक नगरपालिका ८ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका ७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेको झापा प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ एम्पुल, लुपिजेसिक ८३ एम्पुल र ३ थान मोवायल सहित दुबै जनालाई अंकित कार्कीको घरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा