Lite Nepal

बुधबार, कार्तिक २६, २०७७

विराटनगर । धरानमा कोरोनाभाइरसको संक्रमणबाट एकैघरका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१४ विजयपुरका श्रीमान र श्रीमती रहेका छन् ।

कोरोना संक्रमित भएका उनीहरुको ३ दिनको फरकमा मृत्यु भएको हो । कोरोना संक्रमित ६७ वर्षीय श्रीमतीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारपछि घर ल्याएपछि मृत्यु भएको जनाइएको छ ।

श्रीमतीको मृत्यु भएको तीन दिन पछि ७४ बर्षीय श्रीमानको आज बिहान मुत्यु भएको जनाइएको छ । कात्तिक २१ गते स्वाब संकलन गरिएकोमा कात्तिक २३ गते कोरोनासंक्रमण पुष्टि भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं