काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार ३ हजार १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ हजार ३०० रुपैयाँ कायम भएको छ।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।