Lite Nepal

सोमबार, साउन १९, २०७७

ताप्लेजुङ । कोरोना संक्रमण समाजमानै फैलन थालेपछि प्रदेश १ को पहाडी जिल्ला ताप्लेजुङ प्रवेशमा कडाई गरिने भएको छ । केही संक्रमित देखिए पनि थप बढ्न नदिन ताप्लेजुङमा अन्य जिल्लाबाट प्रवेशमा कडाई गर्ने निर्णय भएको हो ।

अब ताप्लेजुङ प्रवेश अघि स्थानीय प्रशासनको सहमति भएमा मात्र प्रवेश अनुमति दिने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिले निर्णय गरेको छ ।

अब पूर्व सहमति प्राप्त नागरिक र सवारीलाई मात्र ताप्लेजुङको सीमाना कोबलीबाट प्रवेश अनुमति दिईने कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं