Lite Nepal

बिहिबार, माघ १५, २०७७

विराटनगर । प्रादेशिक सञ्चार प्रतिष्ठान, प्रदेश १ का कार्यकारी निर्देशक यज्ञप्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेलवीच कार्य सम्पादन सम्झौता भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा कार्य सम्पादन सम्झौता गरिएको हो ।

कार्यसम्पादन करार पछि प्रतिष्ठानले काम शुरु गर्ने कार्यकारी निर्देशक शर्माले बताए । उनले प्रशिक्षण कार्यविधि, सांगठनिक संरचना निर्माण लगायतका काम शुरु गरिने बताए ।

प्रतिष्ठानको नियमावलीमा कार्यसम्पादन करार पछि मात्रै प्रतिष्ठानको काम शुरु हुने व्यवस्था उल्लेख रहेको कार्यकारी निर्देशक शर्माले बताए ।

सञ्चार प्रतिष्ठानले पत्रकारको क्षमताबद्धि, सञ्चारगृह संवन्धि नीति निर्माण, पत्रकारिता क्षेत्रको विकासका लागि अध्ययन अनुसंधान, सूचनाको हक र पत्रकार आचारसंहिता संवन्धि सचेतना अभिबृद्धि लगायतका काम गर्ने छ ।

प्रदेश सरकार मन्त्री परिषदको गत पुस ६ गतेको बैठकले बरिष्ठ पत्रकार शर्मालाई प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं