Lite Nepal

आइतबार, आषाढ १४, २०७७

काठमाडौं । जर्मन बुन्डेसलिगा लिग फुटबल च्याम्पियन बायर्न म्युनिखले फराकिलो जितसँगै यसपटकको सिजनको अन्त्य गरेको छ ।

अन्तिम खेलमा शनिबार राति बायर्नले वोल्फ्सबर्गलाई ४(० गोल अन्तरले पराजित गरेको हो ।

दुई खेल अगाबै च्याम्पियन बनिसकेको बायर्नलाई जित दिलाउन किङ्सले कोम्यान, माइकल कुइसान, रोबर्ट लेवान्डोस्की र थोमर मुलरले एक एक गोल गरे ।

खेलको ७१ औं मिनेटमा जोसुवाले रातो कार्ड खादै मैदानबाट बाहिरिदा घरेलु टिम १० खेलाडीमा समेटिएको थियो ।

लगातार आठौं सिजन उपाधि जितेको बायर्नको यो कीर्तिमानी ३० औं बुन्डेसलिगा उपाधि समेत हो ।

बायर्नले ३४ खेलमा ८२ अंक जोड्दा दोस्रो स्थानको बोरुसिया डर्टमुन्डको मात्र ६९ अंक रह्यो ।

फोर्टुना डुसलडोर्फ र पार्डाबोन रेलिगेसनमा परेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं