Lite Nepal

सोमबार, माघ २६, २०७७

काठमाडौं । संसद विघटनविरुद्ध सडक आन्दोलन गरिरहेको प्रचण्ड(माधव समूहको नेकपाले २८ गते बुधबार जनप्रदर्शन गर्ने जनाएको छ ।

राजधानीका विभिन्न स्थानबाट जुलुस निकाल्ने तयारी गरेको सूचना जारी गर्दै प्रचण्ड समूहको नेकपाले सरकार विरुद्ध जनप्रदर्शनका लागि आह्वान गरेको हो ।

नेकपाको जारी विज्ञप्ति अनुसार पुलचोक, माइतीघर, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निकालिने र १२ बजे सुनधारामा मूल प्रदर्शन गरिने बताइएको छ ।

यसअघि २३ गते प्रधानमन्त्री केपी ओली समूहले दरबारमार्गस्थित नारायणहिटी दरबार अगाडि गरेको शक्ति प्रदर्शन लगत्तै प्रचण्ड समूहले जवाफी आन्दोलनको रुपमा प्रदर्शन गर्न लागेको हो ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि प्रचण्ड माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल लगायत नेताहरु निरन्तर सडक आन्दोलनमा छन् । उनीहरुले संसदको पुनर्स्थापना र प्रधानमन्त्रीको राजीनामा लगायत माग गर्दैआएका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं