Lite Nepal

शुक्रबार, माघ ३०, २०७७

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको शैक्षिक सत्र १ असारबाट सुरु गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले शिक्षा (नवौं संशोधन) नियमावली, २०७७ संशोधन स्विकृति दिएपछि मन्त्रालयले काम अघि बढाएको हो ।

१ वैशाखमा सुरु हुने शैक्षिक सत्र नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण दुई महिनापछि धकेलिने लगभग निश्चित प्रायः भएको हो । शिक्षा सचिव गोपीनाथ मैनालीले विद्यालय तहको शैक्षिक सत्र केही महिना पछाडि धकेलिने जानकारी दिए ।

अनलाइनखबरसँग उनले भने, ‘दुई महिना जति ढिलो हुनसक्छ तर मन्त्रालयले निर्णय गरिसकेको छैन ।’ ‘कोरानाका बावजुद जसरी हुन्छ शैक्षिक सत्र खेर जान नदिने गरी काम गरिरहेका छौं । यो वर्षको शैक्षित्र सत्र १४ महिना र आगामी वर्षको शैक्षिक सत्र १० महिनाको हुनसक्छ ।’

यो वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) पुनः राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्न पाउने भएको छ । गत वर्ष कोभिड-१९ का कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरिएको थियो ।

विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउन भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं