Lite Nepal

शनिबार, फाल्गुण ०१, २०७७

विराटनगर । वैदेशिक रोजगार विभागको टोलीले सुनसरीको इटहरीस्थित एक दर्जन म्यानपावरमा छापा मारेको छ। विभागका महानिर्देशक कुमार दाहालले इटहरीका म्यानपावरमा छापा हानिएको जानकारी दिए। त्यस क्रममा विभागले २ म्यानपावरलाई कारबाही गरेको छ।

विभागले शुक्रबार इटहरीको एचआर म्यानपावर कम्पनी र मेमोरियल म्यानपावर कम्पनी बन्द गराएको हो। कार्यालयमा सिलबन्दी गरी शाखा बन्द गरिएको विभागले जनाएको छ। ती कम्पनीबाट कामदारको सूचीलगायत महत्त्वपूर्ण कागजात जफत गरिएको महानिर्देशक दाहालले बताए।

अवैध रूपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको गुनासो आएपछि विभागले छापा मारेको हो। विभागले पछिल्लो समय म्यानपावर कम्पनीमा छापा हानिरहेको छ । इटहरीमा अवैध रूपमा शाखा सञ्चालन भई युवाहरू ठगिएको भन्दै विभागले टोली पठाएको थियो।

धेरै म्यानपावर निगरानीमा रहेको दाहालले बताए। काठमाडौंको एसओएस म्यानपावरलाई ६ महिना कारबाही गर्दा मन्त्री गौरीशंकर चौधरीले २ महिनामै कारबाही फुकुवा गरेका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं