Lite Nepal

शनिबार, फाल्गुण ०१, २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटन विवादमा दायर भएका रिटमा निवेदक र विपक्षीका तर्फबाट पहिलो चरणको बहस सकिएपछि इजलास चाँडो फैसला दिने तयारीमा जुटेको छ ।

अदालतको फैसला नआउँदा राजनीतिक अन्योल बढेको र संक्रमण बढेको भन्दै सबैतिरबाट छिटो फैसला सुनाउन आग्रह भएपछि सर्वोच्च यो दिशामा क्रियाशील भएको छ ।

वहसका लागि समय निर्धारण गर्ने, वकिलहरूको सूची छोट्याउनेलगायतका काममा अदालतको सक्रियताले फैसला छिटै आउने संकेत देखिएको छ ।

संवैधानिक अदालतको नेतृत्व गरेका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाले नै बहस छोट्याउन निरन्तर वकिलहरूलाई आग्रह गर्दै आएका छन् ।

अब आगामी आइतबार रिट निवेदकका कानुनव्यवसायीले जवाफी वहस गर्ने छन् । यो लामो हुनेछैन । रिट निवेदकका तर्फबाट जवाफी वहशमा प्रतिनिधि कानुनव्यवसायीका रुपमा सिमित ‘वरिष्ठ’ ले वहश गर्ने तयारीमा छन् ।

राष्ट्रपति, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, निर्वाचन आयोग, सभामुखसहित विपक्षीका तर्फबाट करिव डेढ दर्जन सरकारी वकील र नीजि वकीलले वहससकेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं