Lite Nepal

मंगलबार, जेठ ११, २०७८

विराटनगर । झापाको बिर्तामोडमा रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक दुर्गा प्रसाईले अस्पताल सँग जोडेर अनर्गल प्रचार भएकोमा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

मंगलबार एक विज्ञप्ति सार्वजनिक गर्दै प्रसाईले अस्पतालको विषयलाई लिएर अनावश्यक रुपमा लगाएका भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गलको पछि नलाग्न सबैलाई आग्रह समेत गरेका छन् ।

कोरोनाभाइरस महामारीका बेला अहोरात्र खटेर नागरिकको जीवनरक्षा गरिरहेका बेला भएका यस्ता तथ्यहिन र कपोकल्पित आरोपमा विश्वास नगर्न उनले आग्रह गरेका हुन् ।

कोरोनाभाइरस संक्रमितहरु काठमाडौंबाट उपचारका लागि बिएण्डसी पुुगेका बेला सो अस्पातलका सम्बन्धमा डा. गोविन्द केसी र उनका समर्थकले लगाएको आरोपप्रति कुनै सत्यता नरहेको प्रसाईंको दाबी छ ।

अस्पतालको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जोडेर गाली गलौज गरिएको भन्दै उनले आपत्ति जनाए । ‘मेडिकल कलेजलाई कानुनविपरीत सम्बन्धन दिन खोजिएको भन्ने आरोपलाई म खण्डन गर्दछु,’ कार्यकारी निर्देशक प्रसाईंले विज्ञप्तिमा लेखेका छन् ।

‘कोभिड १९ को महामारीले नेपाल र नेपालीलाई आक्रान्त पारेको यस विकराल अवस्थामा नेपाली जनताको जीवन रक्षामा दिनरात नभनी स्वास्थ्य उपचारमा समर्पित यस संस्था र मुलुकका सम्माननीय प्रधानमन्त्रीज्यूउपर विदेशी भूमिमा बसेर लगाइएका यस किसिमका भ्रामक, तथ्यहीन, झुठा र निकृष्ठ गालीगलौज तथा आरोप आक्षेपको हामी घोर निन्दा र भतर््सना गर्दछौंँ’, जारी विज्ञप्तिमा भनिएको छ ।

अस्पतालद्धारा जारी विज्ञप्ति

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं