म्याग्दी । उत्तरी म्याग्दी हुँदै हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक ठाउँ–ठाउँमा अवरुद्ध भएको छ ।
तीन दिनदेखिको वर्षाले करिब आधादर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिका–३ दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो ।
सडकखण्ड अन्तरगत रघुगंगा गाउँपालिका–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर सहित सुकेबगरमा पहिरो खसेको दाना प्रहरी चौकीका इन्चार्ज असई दीपकबहादुर क्षत्रीले बताउनुभयो । अवरुद्ध सडक सञ्चालनका लागि अवरोध पन्छाउने कार्य भइरहेको छ ।
बिहिबारदेखि भएको वर्षाले कालिगण्डकीको सतह बढेसँगै भुरुङ तातोपानी संरक्षणमा प्रयोग भएको उपकरण समेत बगाएको छ ।