Lite Nepal

बिहिबार, साउन २२, २०७७

काठमाडौं । दशैं यता विद्यालय तथा विश्वविद्यालय नखुल्ने संकेत सरकारले गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले तत्काल विद्यालय खोल्ने स्थिति नभएको बताएपछि दशैंयता विद्यालय नखुल्ने स्पष्ट भएको हो ।

‘जोखिम बढेकाले विद्यालय तत्काल खोल्ने स्थिति छैन,’ डा खतिवडाले मन्त्रिपरिषदको सोमबार बसेको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा भने, ‘जोखिम बढ्दैछ सावधानी अपनाउनुपर्ने हुन्छ ।’ उनले सकेसम्म घरबाहिर ननिस्कन पनि आग्रह गरे ।

यसअघि सरकारले १ भदौबाट विद्यालयको भर्ना शुरु गर्ने निर्णय गरेको थियो । भर्ना शुरु गर्ने निर्णयसँगै विद्यालयमा पठनपाठन हुनसक्ने भन्दै सक्रियता बढेको थियो । तर, सरकारका तर्फबाट पछिल्लो धारणासँगै विद्यालय दशैंयता नखुल्ने निश्चितप्रायः भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
litenepalnews@gmail.com
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा