Lite Nepal

शनिबार, साउन २४, २०७७

एजेन्सी । भारतमा कोरोना संक्रमणका कारण शुक्रबार एकै दिन ९३७ जनाको मृत्यु भएको छ।

सबैभन्दा धेरै महाराष्ट्रमा ३ सय, तमिलनाडुमा १ सय १९, कर्नाटकमा १ सय १, आन्ध्र प्रदेशमा ८९, उत्तरप्रदेशमा ६३, पश्चिम बंगालमा ५२ र दिल्लीमा २३ जनाको मृत्यु भएको हो। जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार भारतमा हालसम्म ४१ हजार ५ सय ८५ को मृत्यु भइसकेको छ।

शुक्रबार २४ घण्टामा ६१ हजार ४ सय ५५ जना संक्रमित थपिएका छन्। लगातार दोस्रो दिन ६१ हजारभन्दा बढी संक्रमित थपिएका हुन्। भारतमा संक्रमितको कूल संख्या २० लाख २७ हजार ७४ पुगेको छ।

भारतमा शुक्रबार ६ लाख ६४ हजार ९ सय ४९ जनाको कोरोना परीक्षण भएको थियो। हालसम्म प्रति १० लाख जनसंख्यामा १६ हजार ५० जनाको परीक्षण भएको जनाइएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं