Lite Nepal

शनिबार, मंसिर २५, २०७८

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसारआज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुनेछ । साँझ ५ बजेसम्म मनोनयन दर्ता हुने निर्वाचन समितिले जनाएको छ । मतदात भने २७ गते हुने निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसमा विभिन्न कलस्टर अनुसार कार्यसमितिको चुनाव हुँदैछ । पदाधिकारीका लागिसमेत कलस्टर छुट्याइएको छ ।

पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था गरिएको छ ।

समाचार तयार पार्दासम्म सभापतिका लागि संस्थापन पक्षबाट शेरबहादुर देउवा र छुट्टै समूह बनाएका विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने साझा उम्मेदवार घोषणा गर्न सकेको छैन ।

रामचन्द्र समूहमा प्रकाशमान र शेखर कोइराला सभापतिमा दाबेदार छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं