Lite Nepal

आइतबार, जेठ २९, २०७९

काठमाडौं – कुनै समय नेपाली दर्शकले मान्छेबाट उठाएर ‘भगवान्’को तहमा उभ्याइदिएको धुर्मुस–सुन्तली जोडी अहिले कहाँ र के गर्दै होला रु राज्य र महानगरको असहयोगका कारण बहुचर्चित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम बीचैमा छोडेर हिँड्न बाध्य यो जोडीको अवस्थावारे आम दर्शकलाई चासो हुनु स्वाभाविकै हो ।

यो जोडी अचेल सिंहदरबारतिर अधिकांश मन्त्री र सचिवका कार्यकक्षमा डकुमेन्ट्री बनाउने प्रस्तावसहित सक्रिय छ । यो जोडीले आफ्नी छोरी सुबिहानी फिल्मसको ब्यानरमा प्रत्येक मन्त्रालय र सरकारी निकायसँग डकुमेन्ट्रीको काम मागिरहेको छ । हरेक निकायबाट घटीमा ५ लाख मूल्यको प्रचार सामग्री निर्माण गर्दै युट्युबमा हाल्नमा जोडी केन्द्रित भएको पाइएको छ ।

हालै उनीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सौजन्यमा ‘खिनौरीको बाउ’ नामक सामग्री निर्माण गरी युट्युबमा हालेका छन् । यस्तै, परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागको टोल फ्रि नम्बर नामक तीन मीनेट २४ सेकेण्डको भिडियो पनि अपलोड गरिएको छ ।

राहदानी विभागबाट उसैगरी ई–पासपोर्टसम्बन्धी डकुमेन्ट्री बनाउने सम्झौता कार्यान्वयन भइसकेको छ । निर्वाचन आयोगबाट स्थानीय तह निर्वाचनसम्बन्धी ७ मीनेट २१ सेकेण्ड लामो सचेतनामूलक भिडियोको काम पनि सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोरोना खोपसम्बन्धी, सहकारी विभाग, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, शहरी विकास मन्त्रालयलगायत अधिकांश मन्त्रालयसँग यस्तो सहकार्य भइसकेको छ ।

भूमि व्यवस्था मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार धुर्मुस–सुन्तलीले सो मन्त्रालयको डकुमेन्ट्री निर्माणबापत चार लाख असी हजार रकममा १३ प्रतिशत भ्याट थपेर भुक्तानी लिएको छ ।

संघीय सरकारको २२ वटा मन्त्रालय प्रत्येकबाट ५ लाखको दरले सम्झौता हुन सक्दा झण्डै १ करोड रकम धुर्मुस–सुन्तलीको नाममा जाने देखिन्छ । उनीहरूको तर्क छ, हामी कलाकार हौँ, कला देखाएर मिहिनेतको मूल्य लिन किन नपाउने रु ढाँटेर, छलेर, ठगेर खान पो भएन १’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं