Lite Nepal

आइतबार, चैत्र २६, २०७९

बारा – सांसद् ढाकाकुमार श्रेष्ठलाई अडियो प्रकरणमा दोषी देखिए ७२ घण्टाभित्र कारबाही गरिसक्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् ।

बाराको गढीमाईमा आयोजित एक सभालाई सम्बोधन गर्दै लामिछानेले भने, ‘दोषी देखिए ७० घण्टाभित्र सांसद पदबाट बर्खास्त गरेर उनको ठाउँमा अर्को सांसदलाई प्रवेश गराएको दृश्य सञ्चारमाध्यमबाट हेर्नुहुनेछ ।’

उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग संवादको अडियो सार्वजनिक भएको एक घण्टाभित्रै सांसद श्रेष्ठलाई स्पष्टीकरण सोधेर छानबिन थालिएको समेत बताए ।

‘७२ घण्टाभित्र छानबिन गरेर कारबाही अघि बढाउन अल्टिमेटम दिएको छु, देशका भ्रष्टाचारका काण्डहरु ७२ वर्षदेखि अल्झिएका होलान् । मलाई मतलब छैन’, उनले भनेका छन्, ‘तर, हाम्रो पार्टीभित्र प्रश्न उठेपछि प्रश्नको निराकरण हुन्छ, ७२ घण्टाभित्र छानबिन सकिन्छ ।’

यो अवधिमा सांसदको रुपमा वा साधारण सदस्यका रुपमा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई कुनै कार्य गर्न नदिने भन्दै उनले भनेका छन्, ‘७२ घण्टाको अल्टिमेटम दिएको दुई घण्टा भइसक्यो, ७० घण्टा बाँकी छ । ७० घण्टामा सत्यतथ्य सार्वजनिक गरेर कारबाही गर्छु ।’

अडियोमा आफ्ना वरपरका मान्छेले मागेको भनिएको भन्दै उनले भनेका छन्, ‘तिनलाई तपाईंका आँगनमा सडकमा घिसारेर ल्याउन सकिन छु भने तपाईंले भनेको कारबाही भोग्न तयार छु ।’ यसका लागि अनुशासन समितिलाई निर्देशन दिएको उनले बताए ।

‘७० करोड सुन्नुभएको थियो होला, ७० घण्टा सुन्नुस् अब’, लामिछानेले भने, ‘यदि अडियोमा भनिए जस्तो मेरा वरपरका कोही पनि रहेछन् भने ती जति सुकै वरका हुन् तिनलाई कति पर पुर्‍याउनुपर्छ मलाई राम्रोसँग थाहा छ ।’

भिडियाे तलकाे लिंकमा छ ।

https://fb.watch/jODX4F4otn/

 

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं